मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न चुनौती
मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी निकाय समन्वय अभावका कारण सबै कृषकले मौसमसम्बन्धी सूचना पाउन नसकेका हुन्।
कृषकलाई मौसमका सूचना प्रवाह गर्न स्थानीय तहकै भूमिका महत्त्वपूर्ण हुने भए पनि समन्वयको अभाव देखिँदा समयमा नै पूर्व सूचना पाउनबाट कृषक वञ्चित देखिएका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना दिए पनि तल्लो तहमा सूचना प्रवाह गर्ने संयन्त्र नभएका कारण पनि कृषकले मौसमसम्बन्धी पूर्व सूचना पाउन नसकेको बताएको छ।
मौसमी सूचनाले कृषकलाई कुन समयमा कुन बाली लगाउने, कुन समयमा बाली भित्र्याउने, मौसमअनुसार कृषिको उब्जनी कस्तो हुने भन्ने जानकारी कृषकलाई जरुरी पर्छ। गत वर्ष आएको बेमौसमी वर्षाका कारण झन्डै ८ अर्ब रुपैयाँको नोक्सानी कृषि क्षेत्रले बेहोर्नुपरेको थियो । जल तथा मौसम विज्ञान विभागले विषेश बुलेटिन जारी गरेको भए पनि स्थानीय तहसम्म सूचना प्रवाह हुन नसक्दा क्षति बढेको बताउँछन् विभागका महानिर्देशक कमलराम जोशी। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण