जबराविरुद्ध महाभियोग : टुंग्याउन कि तुहाउन ?
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः यो टुंग्याउन हो कि तुहाउन ?
सत्तारुढ दलका सांसदहरूले २१ वटा आरोप लगाउँदै महाभियोग दर्ता गरेका थिए। यसमा राजनीतिक दलहरूबीच मतऐक्य छैन। स्वयं सत्तारूढ सांसदहरूबीच फरक–फरक विचार छ। एमाले कानुन विभागका प्रमुख वरिष्ठ अधिवक्ता रमेश बडालले प्रधानन्यायाधीश जबरामाथिको महाभियोगमा दुवै पक्षका कुरा सुनेर निर्णय लिइने बताए।
‘महाभियोग प्रस्तावक र प्रधानन्यायाधीश जबरा दुवै पक्षको कुरा सुन्नुपर्छ। दोषी रहेको प्रमाणित भए कारबाही गर्ने पक्षमा जानुपर्छ। अभियोग ठीक रहेनछ भने स–सम्मान फिर्ता हुनुपर्छ,’ पूर्वमहान्याधिवक्ता बडालले अन्नपूर्णसँग भने, ‘महाभियोग पास वा फेल गर्नुपर्छ भन्ने होइन। बदमासी गरेको भए महाभियोगको पक्षमा उभिनुपर्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जीकाे कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण