आठ महिनापछि हुम्लामा कोरोना सङ्क्रमित भेटिए
सोमबार, २३ साउन २०७९, २१ : ०७
कोरोना सङ्क्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिनापछि एक जनामा सङ्क्रमण देखिएको छ । लामो समयदेखि कोरोना सङ्क्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
सिमकोट गाउँपालिका–५ का ५० वर्षीय एक पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा शङ्का लागेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाका भक्ति फडेराले बताए ।
सङ्क्रमित बिरामीलाई अहिले आइसोलेसनमा राखिएको जानकारी प्राप्त भएको छ । यसअघि पुस महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण