अख्तियारको सुर्खेत कार्यालयमा उजुरीको चाङ, अनुसन्धान सुस्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा वर्षेनी उजुरीको संख्या बढ्दै गइरहेको छ । तर, अनुसन्धानमा भने ढिलाइ हुने गरेको छ । सुर्खेत कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा झण्डै ६३ प्रतिशतले उजुरी बढेको छ ।
गत एक वर्षको अवधिमा भ्रष्टाचार र अनियमितताका एक हजार ४३१ वटा उजुरी अख्तियारमा परेका कार्यालय प्रमुख भोला दाहालले जानकारी दिए । सबैभन्दा बढी सुर्खेतबाट २९३, दैलेखबाट २४०, मुगुबाट १५०, कालिकोटबाट १४५, हुम्लाबाट १४३, जाजरकोटबाट १३६, जुम्लाबाट ९६, सल्यानबाट ९४, रुकुमपश्चिमबाट ७५ र डोल्पाबाट ५५ उजुरी परेका छन् ।
यस्तै सुर्खेत कार्यालयले रुकुमपूर्वलाई पनि हेर्ने गरेको छ । रुकुम पुर्वबाट ५ वटा उजुरी परेका छन् । यस्तै चालु आर्थिक वर्षको साउन महिनामा मात्र ९४ वटा उजुरी परिसकेका छन् । उजुरी सबैभन्दा बढी स्थानीय सरकार विरुद्ध पर्ने गरेका छन् । स्थानीय पालिकाहरुमा विकासका नाममा बेथिति बढीरहेको उजुरी संख्याले देखाउँछ ।
कार्यालय प्रमुख दाहालका अनुसार कुल उजुरी संख्या मध्ये ९०९ वटा मात्रै उजुरी फछ्र्योट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण