शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देशका हरेक क्षेत्र राजनीतिले गिजोल्यो : पूर्व प्रधानन्यायाधीश कार्की

बुधबार, २५ साउन २०७९, ०७ : ३८
बुधबार, २५ साउन २०७९

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको हरेक क्षेत्रलाई राजनीतिले गिजोलेको आरोप लगाएकी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ ल को एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले हरेक क्षेत्रमा राजनीति हाबी हुँदा विकास निर्माणले गति लिन नसकेको बताइन् । 

उनले न्यायालयको स्तर उच्च राख्न प्रधानन्यायाधीश नै असल हुनुपर्ने बताइन् ।  सो कार्यक्रममा कानुन विषय अध्ययन गर्न लागेका विद्यार्थीहरुलाई कार्कीले  मेहनत गरे सफल भइने र कानुनका विद्यार्थीका लागि  विभिन्न क्षेत्रको ढोका खुल्ने भन्दै यो हौसला समेत प्रदान गरिन् ।

विद्यार्थीहरुलाई आफ्नो केहि महत्त्वपूर्ण फैसला लेख्दाको अनुभव सुनाउँदै कार्कीले कम्तिमा कानुनको अध्ययन सकेर न्यायालयमा छिर्दै गर्दा फैसला लेख्न सक्ने भएर निस्कन समेत आग्रह गरिन् । कार्यक्रममा कार्कीद्वारा लिखित 'न्याय' किताबलाई प्रदर्शनीमा समेत राखिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप