सुटिङको क्रममा तब्बु घाइते
बलिउड अभिनेत्री तब्बु बुधबार आफ्नो आगामी चलचित्र भोलाको सुटिङको क्रममा घाइते भएकी छन् । भोलामा तब्बुले उच्च प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार एउटा दृश्यमा एक्सन गर्दा उनलाई चोट लागेको हो ।
रिपोर्टका अनुसार तब्बु हैदरावादको भोलाको एक दृश्यका लागि जङ्गलमा ट्रक चलाइरहेकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका हुन्छन् । सो क्रममा ट्रकसँग मोटरसाइकल ठोक्किएको थियो । टक्करपछि सिसा फुट्दा त्यसको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा उपस्थित स्वास्थ्यकर्मीले चोट धेरै गम्भीर नभएको बताएका छन् ।
तब्बुलाई चोट लागेपछि फिल्मका निर्देशक अजय देवगनले भोलाको सेटबाट उनलाई डिस्चार्ज गरेका छन् । अजयको फिल्ममा तब्बु प्रहरी अफिसरको भूमिकामा देखिने यो पहिलो पटक भने होइन । यसअघि उनी ‘दृश्यम’ मा पनि उनी प्रहरी अधिकारीको भूमिकामा देखिएकी थिइन् । भोला साउथको फिल्म कैथीको हिन्दी रिमेक हो ।

शिल्पा पनि घाइते
हालै अभिनेत्री शिल्पा शेट्टी पनि आफ्नो आगामी वेब शो इन्डियन पुलिस फोर्सको सुटिङका क्रममा घाइते भएकी थिइन् । एक एक्सन दृश्यको सुटिङका क्रममा उनको खुट्टा भाँचिएको थियो । यसको जानकारी शिल्पा आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण