चीनद्वारा तातोपानी नाका बन्द
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए ।
तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना कोभिड सङ्क्रमित भेटिएको भन्ने खबर आएको छ,” उनले भने । उनले पनि नाका कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको बताए। तातोपानी नाकाबाट अहिले दैनिक चारदेखि आठ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुँदै आएको थियो । खासगरी स्याउ, मेसिनरी उपकरण, रोल कपडा उक्त नाकाबाट आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायतका विपत्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण