‘पञ्चेबाजा’को गीत : ‘घिन घिन मादल’मा सौगात र जस्मिनले मर्काए कम्मर
काठमाडौं –११ फागुनलाई रिलिज मिति तोक्दै प्रचार प्रसारमा उत्रिएको चलचित्र ‘पञ्चेबाजा’ले गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना सहित निर्माण युनिटले ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा अञ्जु पन्त र डेविड सरकारको स्वर रहेको छ, भने संगीत बिकाश चौधरीले दिएका छन् । अभिनेता सौगात मल्ल र अभिनेत्री जस्मिन श्रेष्ठ माथी गीत फिचरिङ गरिएको गीतमा शब्द प्रदीप भारद्वाजको र कोरियोग्राफी कविराज गहतराजको छ ।
न्यु भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता राजेश शाही हुन् । एक गाउँका तीन पात्रको कथा माथी बनाइएको चलचित्र घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
सौगात र जस्मिन अलवा चलचित्रमा कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको समेत अभिनय रहेको छ ।
सारा गुरुङ सह–निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण