‘मेरो निर्णय पितृसत्तात्मक सोचको विरुद्ध’
केही समयअघि मात्र एरेञ्जर तथा गितारिस्ट सञ्जीव बराइलीसँग इन्जेगमेन्ट तोडेको घोषणा गरेकी गायिका मेलिना राईले आफूले सो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा लिएको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमार्फत इन्जेगमेन्ट तोडेकी मेलिनाले यो कुराको जानकारी पनि सामाजिक सञ्जालबाट नै दिएकी हुन् ।
उनले लेखेकी छन्, ‘मेरो पहिलो निर्णय समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे बीचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।'
यसअघि उनले इन्जेगमेन्ट तोडेको घोषणा गर्दै भनेकी थिइन्, ‘केही समय अगाडि मैले आफ्नो इन्जेगमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन ।’
धेरै आत्मसमीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षका साथ यो निर्णय लिएको राईको भनाइ छ । उनले सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण