तीन टिपर र गाडी सहित १५ क्विन्टल अवैध चिनी बरामद
ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।
सोमबार साँझको समयमा सुनवल नगरपालिका-११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरि ओसारी रहेको अवस्थामा प्रहरीले लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सुनवल नगरपालिकामा बुझाएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
नवलपरासी जिल्लाको खोलाहरुमा स्थानिय तस्करहरू नदीजन्य पदार्थको चोरी निकासी गरिरहेको खबर बाहिर आएपछि पालिका र प्रहरीहरु खोला क्षेत्रमा निगरानी बढाएका छन् । पालिकामा बुझाइएका ति टिपरहरुलाई निर्धारित जरिवाना गराइने पालिकाले जनाएको छ ।
त्यसैगरि प्रहरी चौकी बैरगनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम १८ दशकट्टाबाट लु १ ज ४४०९ नम्बरको पिकअप गाडी सहित १५ क्विन्टल चिनी बरामद गरि जिल्ला प्रहरी कार्यालय मार्फत महेशपुर भन्सारलाई बुझाएको छ । बरामद चिनी ९० हजार र गाडीको मुल्य १२ लाख कायम गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार बुझाइएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण