नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक बस्दै, सुनकोसी–३ बनाउन प्रस्ताव गरिने
नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको छ । भोलि बुधबार र विहीबार बस्ने दुई देशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
बैठकका लागि बंगलादेशबाट प्रतिनिधिमण्डल काठमाडौं आइसकेको छ । बुधबार र बिहीबारका लागि काठमाडौं आइसकेको बंगलादेशी प्रतिनिधिमण्डलले हिजो ऊर्जा, जलस्रोत तथा सिञ्चाईको मन्त्री पम्फा भुषाललाई भेट गरिसकेको छ ।
यस्तै, नेपाली टोलीसहित बंगलादेशी टोली सुनकोसी–३ जलविद्युत आयोजनाको निर्माणस्थलको निरीक्षणमा निस्किएको छ । निरीक्षणमा ऊर्जा मन्त्रालयका सह–सचिव मधु भेटवाल, विद्युत विकास विभागका महानिर्देशक सन्दीप देव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् ।
यस्तै, निरीक्षणमा बंगलादेशका तर्फबाट सचिवस्तरीय बैठकमा उपस्थित हुन नेपाल आएका बंगलादेशी टोलीमा त्यहाँको पावर डिभिजनका सचिव हबिबुर रहमान, अतिरिक्त सचिव मोहसनि चौधरी, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष बहबुबर रहमान, पावर ग्रीड कम्पनी अफ बंगलादेशका कार्यकारी निर्देशक गोलम क्रिबिया छन् ।
भोलि हुने बैठकमा नेपाली पक्षले बंगलादेशलाई ६८३ मेगावाट क्षमताको सुनकोसी–३ जलविद्युत आयोजना मिलेर बनाउन प्रस्ताव गर्नेछ । यस आयोजनाको विस्तृत अध्ययन, डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण