बंगलादेशमा ऊर्जा संकट, बिजुली बचाउन स्कुल र कार्यालय अवधि घटाइयो
बंगलादेशमा ऊर्जा संकट निम्तिएको छ । यससँगै, बिजुली बचाउनका लागि बंगलादेश सरकारले स्थानीय विद्यालय र कार्यालय समय घटाउने निर्णय गरेको छ । बंगलादेशले गत महिनादेखि नै दैनिक २ घन्टा लोडसेडिङ सुरू गरेको थियो ।
यही समयमा बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । मूल्यवृद्धि र ऊर्जा संकटकाबीचमा बंगलादेशी नागरिकहरू सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारले सुरू गरेको औपचारिक लोडसेडिङको विरोध गरिरहेका छन् ।
रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढ्दा बंगलादेशको विदेशी मुद्राको भण्डारण रित्तिन लागेको छ । ऊर्जा संकट निम्तिएपछि यसअघि शुक्रबार मात्रै बन्द हुँदै आएका विद्यालय शनिबार पनि बन्द गर्न थालिएको छ । बंगलादेश मन्त्रिपरिषद्का सचिवले यसलाई पुष्टि गरेका छन् ।
यसका साथै, बंगलादेशले बैंक र सरकारी कार्यालयको काम गर्ने अवधि घटाएको छ । यसअघि दैनिक ८ घन्टा रहेको यस क्षेत्रको काम गर्ने अवधि ७ घन्टामा ल्याइएको छ । खासगरी, बंगलादेशले कोइला र डिजेलमा आधारित विद्युतीय प्यान्टहरू सञ्चालन गर्दै आइरहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा यी वस्तुको मूल्य बढेपछि बंगलादेशलाई समस्या परेको हो ।
बंगलादेशले आयातित डिजेलबाट देशमा उत्पादन हुने कूल विद्युतको ६ प्रतिशत बिजुली उत्पादन गर्दै आइरहेको छ । जुन, मूल्यवृद्धिका कारण समस्यामा परेका छन् । यस्तै, बंगलादेशले आयातित प्राकृतिक ग्यासबाट समेत बिजुली उत्पादन गर्दै आइरहेको छ । समस्याका बाबजुद गाँउ र कृषकलाई बिजुली उपलब्ध गराउने बंगलादेश मन्त्रिपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण