जलवायु परिवर्तनको असर : स्विट्जरल्यान्डका हिमनदीमा हिउँको मात्रामा तीव्र गिरावट
स्विट्जरल्यान्डका हिमनदीमा सन् १९३० को प्रारम्भदेखि आधा मात्रा हिउँ घटेको एक नयाँ अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबारे बढ्दो चासोबीच हिउँ संरचनाको गिरावट आएको फक्स न्युजले आफ्नो एक रिपोर्टमा जनाएको छ ।
सन् २००० देखि वैज्ञानिकहरू हिमाली भेग र अन्य क्षेत्रमा तीव्र ढंगले पग्लिएका हिमनदीबारे नजिकबाट अवलोकन गरिरहेका छन् । उनीहरुका अनुसार जलवायु परिवर्तनले यस्तो हिमनदी पग्लिएको हो ।
पछिल्लो अध्ययन गर्ने अन्वेषकहरूले २०औँ शताब्दीमा टोपोग्राफिकल परिवर्तनको विश्लेषणको आधारमा स्विट्जरल्यान्डमा हिउँको क्षतिको पहिलो पटक पुनर्निर्माण गरे ।
सन् १९३० देखि २०१६ सम्म अध्ययन गरेको ८६ वर्षको अवधिमा हिमनदीहरूमा बरफको मात्रा आधाले घटेको उनीहरूले बताए । छ वर्षमा मात्रै हिमनदीहरूले आफ्नो द्रव्यमानको १२ प्रतिशतले घटेको वैज्ञानिकहरूको भनाइ छ । उक्त अध्ययन साइन्टिफिक जर्नल क्राइसोफेयरमा प्रकाशित छ । ‘हिमनदीको गिरावट तीव्र ढंगले भएको छ’, अध्ययनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण