बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोन ट्युनल्याण्ड 'इ' भयो 'इ प्लस', के-केमा भयो सुधार ?

शुक्रबार, १० भदौ २०७९, ०७ : ०३
शुक्रबार, १० भदौ २०७९

ग्राहकहरुको मागलाई मध्यनजर गर्दै फोटोन मोटर्स नेपालले आफ्नो नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा उपलब्ध गराएको छ । ट्युनल्याण्ड इ प्लसमा शक्ति, कार्यक्षमता र विश्वसनीयताकाे अद्भूत संयोजन रहेको कम्पनीको दाबी छ । 

स्तरोन्नति पश्चात पिकअपले सम्पूर्ण नयाँ २.० एल इनलाइन,  ३६०० आरपीएममा १४९.५५ को एक अद्वितीय शक्ति उत्पादन गर्ने तथा १८०० र ३००० आरपीएमको बीच ३२० एनएमको अधिकतम टर्क दिने ४– सिलिण्डरको इन्जिन र ६– स्पीड युक्त मानव चालित ट्रान्समिसनले यसलाई जुनसुकै भूभागको लागि उपयुक्त बनाएको छ ।

ट्युनल्याण्ड इ प्लसमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थप विस्तारित ब्रेकिङ प्रणाली एबीएस पनि रहेको छ । कम्पनीकाअनुसार, इबीडी प्रणाली सहितको एबीएसले गाडीको पाङ्ग्रामाभारको परिमाण अनुमान गर्न हरेक पाङ्ग्राको छिटो गति वा ढिलो गतिको जाँच गर्दछ, जसले गर्दा चुनौतीपूर्ण अवस्थामा ब्रेक लगाउनु पर्दा स्टेयरिङ्गलाई बढी नियन्त्रण गर्न सकिन्छ र केही परिस्थितिहरु जस्तै गिलो सडकमा रोक्नको लागि दूरी कम गर्न मद्दत गर्छ ।

मुख्य-मुख्य स्तरोन्नतिका अतिरिक्त सम्पूर्ण नयाँ शक्तिशाली ट्युनल्याण्ड इ प्लसले १०५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ भनें यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम भएकोले यो सबै खाले कार्यहरुको लागि एवं नेपाली भौगोलिक बनावट सुहाउँदो पिक अप साबित हुने कम्पनीको विश्वास रहेको छ ।

यसमा जडान गरिएको उत्कृष्ट टच स्क्रिन रियर भ्यू क्यामरा एक अर्को नमूनारुपी उपकरण हो, जसले यस शक्तिशाली पिकअपको पछाडिको दृश्यावलोकन गर्न, टक्कर नलाग्ने गरी पछाडी सार्न एवं पार्किङको समयमा आत्मविश्वास जगाउन ठूलो मद्दत गर्दछ ।

फोटोन ट्युनल्याण्ड इ प्लस स्पोर्टसलेआफ्नो शक्तिशाली बनावटमा धेरै आकर्षक डिजाइनहरु पनि प्राप्त गरेको छ । प्रोजेक्टर हेडल्याम्प र सूचकहरु एउटै हाउजिङ्गमा एकीकृत गरिएका छन् । यसमा थप नयाँ परिवर्तन स्वरुप एलइडी डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ्गबोर्ड, क्ल्याम्पर, एन्टी–रोल ओभर बार र बेड लाइनरलगायतका धेरै उत्कृष्ट उपकरणहरु पनि रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप