एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै
आइतबार, १२ भदौ २०७९, ०९ : २६
एसिया कपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समूह ए अन्तरगत हुने खेल आज साँझ ७:४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछ ।
यसअघि दुई टोली यही मैदानमा २४ अक्टोबर, २०२१ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए । उक्त खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो । यद्यपि एसिया कपमा सन् २०१४ पछि पाकिस्तानले भारतलाई हराउन सकेको छैन ।
एसिया कपका १४ खेलमा भारतले ८ मा जीत हासिल गरेको छ भने पाकिस्तानले ५ खेलमा जीत हासिल गरेको छ । भारतले सात पटक यो प्रतियोगिता जितेको छ भने ३ पटक उपविजेता रहेको छ । पाकिस्तानले यो उपाधि २ पटक जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण