बैंकिङ कसुर मुद्दाका फरार आरोपी बानेश्वरबाट पक्राउ
मङ्गलबार, १४ भदौ २०७९, १२ : ०३
बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएर ललितपुर बस्दै आएका राजेश सुनुवार छन् ।
५६ वर्षीय सुनुवारलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सुनुवारले बैंक खातामा पैसा भएको जानकारी हुँदाहुँदै दिपक थापालाई दिएको ५ लाखको चेक बाउन्स भएको थियो । चेक नसाटिएपछि थापाले उनीविरुद्ध जाहेरी दिएका हुन् ।
भदौ १३ मा पक्राउ गरेर आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण