किन्ने बहानामा महिलाले लुटिन् साढे ५ तोला सुन
काठमाडौंको गोकर्गोश्वर नगरपालिका–२ सुन्दरीजल नयाँपाटी स्थित सनराइज सुनचाँदी पसलमा एकजना महिला सुन किन्न गइन् । गहना हेरिन् । अनि, दुईवटा सुनको सिक्री र ब्रसलेटर लुटेर उनी भागिन् । भदौ ९ मा साढे ५ तोला सुन लुटेर पठाओ चढेर भागेकी २३ वर्षीया ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
लुटमा संलग्न महिला पहिचान गरेर भदौ १४ मा बुढानीलकण्ठ नगरपालिका स्थित कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
सुन्दरीजल स्थित रन्जित सुनुवारको सुन पसलबाट लुटेको सुन उनले कपन खरिबोटमा रहेको टंक सुनचाँदी पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी वृत बौद्धको टोलीले चोरीको सुन किन्ने झापा घर भएका ४७ वर्षका टंक कालिकोटेलाई पनि पक्राउ गरेको छ ।
लुटेको सुनको सिक्री २ थान (३ तोला) र ब्रासलेट १ थान (साढे २ तोला) बरामद गरिएको एसपी मैनालीले जानकारी दिए । सुन लुटेपछि आरोपी बा.५१ प ५० नम्बरको पठाओ चढेर भागेकी थिइन् । पठाओबाट अनुसन्धान शुरु गरेर प्रहरी ममता शेर्पासम्म पुगेको थियो । सुन लुट्ने र किन्ने बिरुद्ध चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण