बार्सा छाडेर चेल्सी आए औबामियाङ
शुक्रबार, १७ भदौ २०७९, १० : १८
इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका फरवार्ड पिएरे एमरिक औबामियाङलाई १.०३ करोड पाउन्डमा अनुबन्ध गरेको छ । ३३ वर्षीय गाबोन स्ट्राइकर गत फेब्रुअरीमा आर्सनलबाट बार्सिलोना पुगेका थिए । उनले बार्साका लागि २४ खेलमा १३ गोल गरेका थिए । यो सिजन भने उनले क्लबका लागि ८ मिनेट मात्र खेल्न पाएका थिए ।
यता चेल्सीका डिफेन्डर मार्कोस अलोन्सोले पनि आपसी सहमतिमा क्लब छाडेका छन् । उनले बार्सिलोनासँग अनुबन्ध गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, चेल्सीले युभेन्टसका मिडफिल्डर डेनिस जाकारियालाई ऋणमा भित्र्याएको छ । चेल्सीसँग सिजनको अन्त्यमा जाकारियालाई पूर्णरुपमा अनुबन्ध गर्ने विकल्प पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण