भेनस दिदीबहिनी पहिलो चरणबाटै बाहिरिए
शुक्रबार, १७ भदौ २०७९, १० : ३२
सेरेना र भेनस विलियम्सको जोडी यूएस ओपनको पहिलो चरणमा नै पराजित भएको छ । सन् २०१८ पछि पहिलोपटक सँगै खेलिरहेका दिदीबहिनी चेक जोडी वलुसी ह्राडेका र लिन्डा नोस्कोभासँग ७–६ (७–५) ६–४ ले पराजित भएका हुन् ।
कीर्तिमानी अमेरिकी जोडीले यसअघि १४ वडा ग्रान्ड स्लाम डबल्स उपाधि जितेका थिए । ४० वर्षीया सेरेनाले प्रतियोगितापछि सन्यास लिने बताएकी छन् भने उनी दिदी ४२ वर्षीया भेनसले आफ्नो योजना सार्वजनिक गरेकी छैनन् ।
सेरेनाले शुक्रबार महिला सिंगल्सको तेस्रो चरणमा अस्ट्रेलियाकी अजिला टोम्लजानोभिचसँग प्रतिस्पर्धा गर्दैछिन् । भेनस भने पहिलो चरणमा नै बाहिरिएकी थिइन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण