पाकिस्तानमा रेल दुर्घटना : उन्नाइस जनाको मृत्यु, एक हजार २५६ घाइते
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।
यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।
यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।
बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ जना बालबालिका र अरु सात महिला पनि परेका जानकारी गराइएको छ ।
भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् । बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पु¥याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । हिजोमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् । –
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण