नेपाल ऐन संशोधन गर्ने विधेयक संसदमा प्रस्तुत

प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गरेका हुन् ।
उनले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताए । उनँले विधेयकले प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको मितिबाट शुरु हुने र नयाँ निर्वाचित भएर आएको प्रतिनिधि सभाको पहिलो बैठकबाट सकिने व्यवस्था गरेको उल्लेख गरे ।
उनले विधेयकले गरेको व्यवस्था संविधानले अगाडि सारेको सिद्धान्तलाई कार्यान्वयन गर्ने प्रयोजनले नै राखिएको स्पष्ट पारे । उनले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा अस्पष्टता रह्यो भने खतरा पैदा हुने बताए । प्रतिनिधि सभाको अर्को बैठक आइतवार नै १५ मिनेटपछि बस्नेगरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन् : सभापति देउवा
-
बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को
-
दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’
-
धुलाम्मे बनेपा, सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
युक्रेन र रुसबिच सबैभन्दा ठुलो कैदी आदानप्रदान
-
पाकिस्तानी हिरासतबाट रिहा भएका बीएसएफ जवान घर पुगे