जर्मनीमा चक्कु प्रहार गर्दा १७ जना घाइते, एक जना महिला पक्राउ
शनिबार, १० जेठ २०८२, ११ : १०

समाचार सारांश
- ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा एक महिलाले चक्कु आक्रमण गर्दा १७ जना घाइते भए।
- प्रहरीले ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गर्यो, जसले एक्लै आक्रमण गरेको र उनको राजनीतिक उद्देश्य नभएको जनाएको छ।
- घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र आक्रमणकारी मानसिक रूपमा विचलित भएको हुनसक्ने प्रहरीको अनुमान छ।
ह्याम्बर्ग । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाले चक्कु आक्रमण गरेकी छिन्। स्थानीय समय अनुसार साँझ ६ बजेतिर भएको यस आक्रमणमा धेरै जना गम्भीर घाइते भएका छन्।
ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ । ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार १७ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
प्रहरीले भने घटनामा घाइते भएकाहरूको यकिन तथ्याङ्क नभएको बताएको छ। ह्याम्बर्ग प्रहरीले घटनामा संलग्न ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाटै पक्राउ गर्यो।
प्रहरीले सन्दिग्ध व्यक्तिले एक्लै यो काम गरेको र उनको कुनै ‘राजनीतिक उद्देश्य’ नभएको बताएको छ। ‘उनी मानसिक रूपमा विचलित भएको हुन सक्छिन्,’ प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की
-
देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह
-
नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन महराको सुझाव
-
नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला