जर्मनीमा चक्कु प्रहार गर्दा १७ जना घाइते, एक जना महिला पक्राउ
शनिबार, १० जेठ २०८२, ११ : १०
सारांश
- ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा एक महिलाले चक्कु आक्रमण गर्दा १७ जना घाइते भए।
- प्रहरीले ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गर्यो, जसले एक्लै आक्रमण गरेको र उनको राजनीतिक उद्देश्य नभएको जनाएको छ।
- घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र आक्रमणकारी मानसिक रूपमा विचलित भएको हुनसक्ने प्रहरीको अनुमान छ।
ह्याम्बर्ग । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाले चक्कु आक्रमण गरेकी छिन्। स्थानीय समय अनुसार साँझ ६ बजेतिर भएको यस आक्रमणमा धेरै जना गम्भीर घाइते भएका छन्।
ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ । ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार १७ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
प्रहरीले भने घटनामा घाइते भएकाहरूको यकिन तथ्याङ्क नभएको बताएको छ। ह्याम्बर्ग प्रहरीले घटनामा संलग्न ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाटै पक्राउ गर्यो।
प्रहरीले सन्दिग्ध व्यक्तिले एक्लै यो काम गरेको र उनको कुनै ‘राजनीतिक उद्देश्य’ नभएको बताएको छ। ‘उनी मानसिक रूपमा विचलित भएको हुन सक्छिन्,’ प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण