पाकिस्तानी हिरासतबाट रिहा भएका बीएसएफ जवान घर पुगे
शनिबार, १० जेठ २०८२, ११ : १३
सारांश
- पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका भारतीय बीएसएफ जवान पूर्णम कुमार पश्चिम बंगालस्थित घर फर्केका छन्।
- पहलगाम आक्रमणको दोस्रो दिन पञ्जाबको फिरोजपुरनजिकै पाकिस्तानी रेन्जर्सले उनलाई हिरासतमा लिएको थियो।
- भारत-पाकिस्तानको तनावका बेला सीमा पार गरेका उनलाई मे १४ मा वाघा सीमामा भारतीय अधिकारीलाई सुम्पिएको थियो।
नयाँ दिल्ली । पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका भारतीय बीएसएफ जवान पूर्णम कुमार हुगली पश्चिम बंगालस्थति आफ्नो घर पुगेका छन्। पहलगाम आक्रमणको दोस्रो दिन पूर्णम कुमारलाई पञ्जाबको फिरोजपुरनजिकै पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको थियो ।
भारत र पाकिस्तानबिचको तनावका बेला पूर्णम कुमारले गल्तीले अन्तर्राष्ट्रिय सीमा पार गरेका थिए। पाकिस्तानी रेन्जर्सले उनलाई मे १४ मा अटारी–वाघा सीमामा भारतीय अधिकारीहरूलाई सुम्पेका थिए।
आफ्नो घर पुगेपछि पूर्णम कुमारले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘मेरा आमाबाबु धेरै दुखी हुनुहुन्थ्यो त्यसैले म पहिले उनीहरूलाई भेट्न आएँ। मेरा आफन्तहरूलाई भेट्न पाउँदा खुसी लागेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण