युक्रेन र रुसबिच सबैभन्दा ठुलो कैदी आदानप्रदान
सारांश
- रुस र युक्रेनबीच अहिलेसम्मकै ठुलो कैदी आदानप्रदान भएको छ, जसमा दुवै देशले ३९० सैनिक र सर्वसाधारणलाई रिहा गरेका छन्।
- टर्कीमा भएको वार्ताको सहमति अनुसार, दुवै देशले बेलारुससँगको सीमामा २७० सैनिक र १२० सर्वसाधारणलाई हस्तान्तरण गरे।
- दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्न सहमति जनाएका छन् र आगामी दिनहरूमा थप आदानप्रदान हुनेछ।
मस्को । सन् २०२२ मा रुसी सैन्य अभियान सुरु भएयता युक्रेन र रुसबिच अहिलेसम्मकै सबैभन्दा ठुलो कैदी आदानप्रदान भएको छ । दुवै देशले ३९० सैनिक र सर्वसाधारणलाई एकअर्कालाई हस्तान्तरण गरेका हुन्।
एक हप्ताअघि टर्कीमा सम्पन्न प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौता अन्तर्गत, दुई देशले बेलारुससँगको युक्रेनी सीमामा २७० सैनिक र १२० सर्वसाधारणलाई हस्तान्तरण गरेका हुन्। दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्न सहमति जनाएका छन् ।
आगामी दिनहरूमा थप आदानप्रदान हुने कुरा पुष्टि गरेका छन्। यद्यपि यसअघि धेरै पटक सानो स्तरमा कैदी आदानप्रदान भएका छन्, तर यति धेरै नागरिकहरू कहिल्यै संलग्न भएका थिएनन्।
रुसी रक्षा मन्त्रालयले हस्तान्तरण गरिएका सैनिक र सर्वसाधारणमा हालैका महिनाहरूमा युक्रेनको आक्रमणको क्रममा रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेका व्यक्तिहरू पनि समावेश रहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण