रियललाई ‘अन्डरडग’ मानेकोमा ‘आश्चर्यचकित’ छैनन् एन्चेलोटी
रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले आफ्नो टोलीलाई बुकमेकरहरुले यो सिजनको च्याम्पियन्स लिगको उपाधिको सम्भावित दाबेदारको सूचीमा पाँचौ स्थानमा राखेकोमा ‘आश्चर्यचकित’ नभएको बताएका छन् ।
मंगलबार समूह एफमा सेल्टिकविरुद्ध आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्नअघि रियललाई उपाधिको सम्भावित दाबेदारहरूको सूचीमा बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर सिटी र लिभरपुलभन्दा पछि राखिएको छ ।
एन्चेलोटीले १४ पटकको युरोपियन विजेतालाई गत सिजन पनि ‘अन्डरडग’ को सूचीमा राखेको स्मरण गराए । ‘यो एउटा सुखद् संकेत हो,’ उनले भने, ‘हामीलाई अन्डरडग भनेकोमा कुनै आपत्ति छैन । हामी आफूले सुधारेका छौँ ।’
यो सिजन भेटरान ब्राजिलियन फूलब्याक मार्सेलो रियल छाडेका छन् भने फ्रान्सका मिडफिल्डर औरेलियन टुएमेनी र जर्मनीका सेन्टर ब्याक एन्टोनियो रुडिगर क्लबमा भित्रिएका छन् । ला लिगामा लगातार चार जीत निकाल्दै रियल यतिबेला अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण