शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओभरटेक गर्दा दुर्घटना, घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, २१ भदौ २०७९, १८ : १९
मङ्गलबार, २१ भदौ २०७९

इलामको रोङ गाउँपालिका ४ भालुझोडामा सवारी दुर्घटनामा परी एक जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा सवार चालकको घटनास्थलमै मृत्यु भएको हो । 

मृतकको पहिचान खुलेको छैन । मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप