पिपुल्स हाइड्रोको आईपीओ भदौ ३१ देखि
बिहीबार, २३ भदौ २०७९, ०९ : ०१
पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।
सोमध्ये आयोजनाका अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । यस्तै, लमजुङ जिल्लाका स्थानीयका लागि २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले असोज १४ गतेसम्म आवेदन दिन पाउने म्याद राखेको छ । यदी सो मितिमा सेयर बिक्री नभए असोज ३० सम्म आवेदन मिति लम्ब्याइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण