पिपुल्स हाइड्रोको आईपीओ भदौ ३१ देखि
बिहीबार, २३ भदौ २०७९, ०९ : ०१
पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।
सोमध्ये आयोजनाका अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । यस्तै, लमजुङ जिल्लाका स्थानीयका लागि २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले असोज १४ गतेसम्म आवेदन दिन पाउने म्याद राखेको छ । यदी सो मितिमा सेयर बिक्री नभए असोज ३० सम्म आवेदन मिति लम्ब्याइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला