के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?
चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ ।
चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका कारण दर्शकको प्रिय छन् । उनले गर्ने कमेडीले दर्शकको मन जित्ने गरेको छ । कपिल शर्माले हालै अस्ट्रेलिया टुर गरेका थिए । उस समयको पछिल्ला तीन शोमा कपिलको साथमा प्रभाकर देखिएका थिइनन् । सोही कारण पनि दर्शकले प्रभाकरले शो छोडेको अनुमान गरिरहेका छन् ।
कपिल र प्रभाकरको मित्रता निकै पुरानो हो । शो अगाडि पनि उनीहरु एक अर्काेसँग काम गर्थे । केही अगाडि कृष्णा अभिषेकले छोडेको खबर पनि यसरी नै बाहिरिएको थियो । त्यसपछि भारतीले छोडेको समाचार आयो । शोको नयाँ सिजन १० सेप्टेम्बरदेखि सुरु हुँदैछ । यस शोमा कपिलको अलवा अर्चना पूरन सिंह, सिद्धार्थ सागर, कीकू शारदा, सृष्टि रोडे, सुमोना चक्रवर्तीसहित केही नयाँ अनुहार देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण