आठ हजारको लोभमा इन्जियर यादव अख्तियारको फन्दामा

लहान – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सोमबार घुस लिएको आरोप जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जियर रामबहादुर यादवलाई लहानमा पक्राउ गरेका छन् ।
लक्ष्मीपुर पतारी साविक वडा ३ का रामजानकी कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय सिरहामा निवेदन दिएका थिए । उक्त सिफारिस वापत इन्जिनियर यादवले घुस माग गरेको थियो ।
कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्ट्रक्शनका प्रोपराइटर पक्षले लहानको महावीर स्ठान भण्डारमा आठ हजार रुपैयाँ दिने क्रममा अख्तियारका टोलीले पक्राउ गरिएको एसपि कृष्णसिंह थापाले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय लहानले कन्ट्रक्शन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालय सिरहाको सिफारिस माग गरिएको थियो ।
पक्राउ परेका यादवलाई विशेष अनुसान्धानको लागि अख्तियार आयोग इटहरी लैजाने तयारी गरिएको एसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय