नोबेलमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला
विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो बर्षका विद्यार्थीहरुको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा नर्स, डाक्टर, सरसफाइकर्मी, कर्मचारी लगायत सहभागी थिए । सहभागीहरुलाई नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा, बीएनएस चौथो बर्षका कोअर्डिनेटर सीता चापागाई लगायतले फोहोर व्यवस्थापनको राष्ट्रिय अभ्यासका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अस्पताल जन्य फोहोरलाई वर्गिकरण गरेर बेग्ला–बेग्लै डस्टबिनमा राख्ने र व्यवस्थापन गर्ने विधि सिकाइएको छ ।
कुहिने फोहोर, नकुहिने फोहोर, संक्रमित फोहोर, धारिलो फोहोर, औषधिजन्य फोहोर, प्याथोलोजी फोहोर, साइटोटक्सिक फोहोर, रेडियोधर्मी फोहोर र रसायनिक फोहोरको बेग्ला बेग्लै डस्टबिन प्रयोग गरेर फोहोर व्यवस्थापनको अभ्यास पनि गरिएको छ ।
अस्पतालमा फोहोरको उचित व्यवस्थापन हुन नसकेमा विरामीहरुमा संक्रमण फैलने, झाडापखाला लाग्ने, चोटपटक लाग्न सक्ने, गम्भीर रोग निम्तिने जस्ता खतरा हुने भएकाले फोहोर व्यवस्थापनलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको नोबेलका नर्सिङ्ग डाइरेक्टर झा बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलतमै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण