उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतरा : फ्रान्स
उत्तर कोरियाको आणविक अडान “शान्तिको लागि खतरा“ भएको फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई “अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा“ भएको टिप्पणी गरेका हुन् । उत्तर कोरियाले शुक्रबार आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको थियो ।
त्यसअघि उसले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो । देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उत्तर कोरियाले बारम्बार आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ । किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण