सुनसरीका किसान मल नपाएकोमा चिन्तित
अघिल्ला वर्षहरुमा जुट खेतीबाट मनग्गे आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् ।
मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन । उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घट्दै गएको किसानहरुको भनाइ छ ।
भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ । सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन, “सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।”
खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन् । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।
विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएता पनि केहि किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन् । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरूमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्यूँ का त्यू छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण