लोकसेवा आयोगको प्रभावः दश वर्षमा पाँच गुणा बढी दर्खास्त
काठमाडौँ– पछिल्लो समयमा निजामती सेवामा आकर्षण बढ्दै गएको छ । निजामतीका आकर्षण बढ्दै गएपछि लोकसेवा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पनि वर्षेनी बढेको छ ।
दश वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पाँच गुणा बढेको पाइएको छ । आयोगका उपसचिव देवीप्रसाद सुवेदीले आर्थिक वर्ष २०६४/६५ देखि आव २०७३/७४ सम्म आयोगमा दर्खास्त दिने आवेदनको सङ्ख्या पाँच गुणा बढेको बताए । यो सङ्ख्या निजामतीतर्फको स्वास्थ्यसहितको रहेको छ ।
उनका अनुसार २०६४/६५ मा कूल एक लाख ७५ हजार १ सय २१ जनाले आवेदन दिएकामा गत आव २०७३/७४ मा आठ लाख ४४ हजार २ सय ९७ सङ्ख्या पुगको छ । आव २०७२/७३ भन्दा गत आवमा दुई लाख ४९ हजार २ सय ६६ जनाले बढीले दर्खास्त आवेदन दिएका थिए । आव २०७२/७३ मा पाँच लाख ९५ हजार ३१ जनाले दर्खास्त आवेदन दिएका छन् ।
निजामती सेवाको लोकप्रियता देखेर अहिले दर्खास्त दिनेको सङ्ख्या बढेको उनले बताए । आव २०६५/६६ मा ८६ हजार १ सय ८६, आव २०६६/६७ मा तीन लाख ४ सय ६३, आव २०६७/६८ मा दुई लाख ५१ हजार ६ सय ५१ र आव २०६८/६९ मा दुई लाख ७१ हजार ५ सय ७७ जनाले दर्खास्त आवेदन दिएको पाइएको छ ।
यसैगरी आव २०६९/७० मा तीन लाख ६८ हजार ८ सय ०५, आव २०७०/७१ मा पाँच लाख ६० हजार ९ सय १५ र आव २०७१/७२ मा पाँच लाख ९९ हजार ६ सय ६८ दर्खास्त आवेदन दिएका थिए ।
पूर्वप्रशासक विमल कोइरालाले अन्य ठाउँमा रोजगारको अवसर नहुँदा बाध्य भएर निजामती सेवामा प्रवेश गर्नको सङ्ख्या वर्षेनी वृद्धि भएको बताए । “रोजगारीको सम्भावना कतै छैन । अनि आफ्नो कोही नभएकाले जाने एक मात्र ठाउँ नै लोक सेवा आयोग हो”, उनले भने, “परीक्षा स्वच्छ हुन्छ भनेर नै धेरैले त्यहाँको परीक्षामा सामेल हुन थालेका छन् ।” पूर्वप्रशासक कोइरालाले सङ्ख्यात्मक हिसाबले बढे पनि गुणस्तर भने नबढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण