‘विक्रम वेधा’ एकैपटक विश्वका १०० भन्दा बढी देशमा रिलिज हुने
सैफ अली खान, ऋतिक रोशन र राधिका आप्टे स्टारर फिल्म ‘विक्रम वेधा’ ३० सेप्टेम्बरमा हलमा रिलिज हुँदैछ । फिल्मले रिलिज अगावै नयाँ कीर्तिमान बनाएको छ । सैफ र ऋतिकको यो फिल्म विश्वका १०० भन्दा बढी देशमा रिलिज हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ भएको फिल्म हुनेछ ।
विक्रम वेधाका निर्माताहरूले यो फिल्मलाई ठूलो स्तरमा रिलिज गर्ने योजना बनाएका छन्। बलिउड हंगामाको रिपोर्टअनुसार विक्रम वेधा भारतबाहेक उत्तरी अमेरिका, बेलायत, मध्यपूर्व, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता ठुला देशहरूमा सोही मितिमा रिलिज हुनेछ । यसबाहेक यो फिल्म युरोपका २२ देश र अफ्रिकाका २७ देशमा रिलिज हुनेछ । विक्रम वेधा जापान, रुस, इजरायल, ल्याटिन अमेरिका जस्ता देशहरूमा पनि रिलिज हुनेछ जहाँ धेरै भारतीय चलचित्र देखाइँदैन ।
फिल्ममा सैफ अली र ऋतिकको भिडन्त देखिनेछ । विक्रम वेधा साउथको फिल्मको रिमेक हो । फिल्मको लेखन तथा निर्देशन पुष्कर–गायत्रीले गरेका हुन् । फिल्मको ट्रेलर निकै बलियो भएकाले फ्यानहरु यो फिल्मको प्रतीक्षामा छन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण