कानेपोखरीमा ३ करोड २७ लाखको लगानीमा खानेपानी आयोजना उद्घाटन
मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजना उद्घाटन भएको छ ।
कानेपोखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश १ प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गरे । १ प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानी आयोजना अन्तर्गत सो खानेपानी आयोजना निर्माण भएको हो । २०७५ को पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गरेका थिए । खानेपानीको उद्घाटन गर्दै सांसद राईले जिल्लाका कुनै पनि खानेपानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको बताए ।
कानेपोखरीका ट्युबवेल र इनार सुकेर यहाँका बासिन्दा काकाकुल बन्न लागेकोले सानो बस्ती भए पनि कानेपोखरी हाइवे क्षेत्र नै आफ्नो रोजाइमा परेको राईको भनाइ छ । २ लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी ३ हजार मिटर खानेपानी पाइप बिस्तार गरिसकिएको छ ।
स्थानीय सामुदायिक वनको ५ कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो । कुल ३ करोड २७ लाख ९५ हजार रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण