ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप
आइतबार, ०२ असोज २०७९, २० : २५
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो ।
स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप गर्न फुङलिङ नगरपालिका–९ स्थित शिव आधारभूत विद्यालय र मिक्वाखोलाको पापुङस्थित सिम्बुक प्रावि मतदानस्थल थप गर्न सिफारिस गरेको थियो । सोहीअनुसार मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान केन्द्र भने एक सय २३ वटा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण