मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतबार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेल अस्पतालले विपन्न बिरामीलाई लक्षित गर्दै पथरीशनिश्चरे वडा नं.२, ३ र बेलबारी वडा नं.४ मा शिविर सञ्चालन गराएको हो ।
तीनवटा शिविरबाट एकैदिन ९ सय १० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । पथरीशनिश्चरे वडा नं.३ मा सञ्चालित शिविरमा ३४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै पथरीशनिश्चरे–२ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचारका लागि १५१ जना बिरामी आएका थिए । यता, नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्राडा.रामहरि घिमिरे र स्त्रीरोग विशेषज्ञ प्राडा.सीता घिमिरे नेतृत्वको टोलीले बेलबारी–४ मा आयोजित शिविरमा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
उपचारका लागि ४१७ जना बिरामी आएको सो शिविरमा १०४ जनाको इसीजी, ११३ जनाको ल्याब टेष्ट, १०१ जनाको भिडियो एक्सरे गर्नुका साथै १९ जनाको दाँत उखेलिएको छ । त्यहाँ उपचार हुन नसकेका ३५ जनालाई अस्पताल रेफर गरिएको छ । तीन वटै शिविरबाट थप उपचारका लागि १०९ जना बिरामी अस्पताल रेफर भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण