सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छः प्रदेश प्रमुख परियार
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको बताएका छन् । नेपालको संविधान जारी भएको आठौँ वर्ष पुगेको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले कर्णालीवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
उनले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाभको कामना गरे । जारी शुभकामना सन्देशमा उनले भने, “नेपालको संविधानबमोजिम सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता संस्थागत हुँदै गएको छ ।
नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, बालिक अधिकार, लोकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त भएको छ ।”
उनले एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेदको अन्त्य भई नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको बताए । संविधानले आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, उत्पीडित, सीमान्तकृत, थारु, अल्पसङ्ख्यकको अधिकार र अवसर संस्थागत गरेको जनाउँदै प्रदेश प्रमुख परियारले राष्ट्रिय एकता सुदृढीकरणका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैलाई ऐक्यबद्ध भएर लाग्न अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण