विराटनगरबाट एक व्यापारी पक्राउ, नगर प्रहरी र व्यापारीबीच धकेलाधकेल
विराटनगर महानगरपालिकाको वडा नम्बर ९ स्थित हनुमान मन्दिर उत्तरको मेनरोडबाट नगर प्रहरीले कपडा व्यापारी गोकुल आचार्यलाई पक्राउ गरेको छ । नगर प्रहरीले फुटपाथमाथि झुण्ड्याएको आचार्यको पसलको कपडा प्रहरीको गाडीमा हाल्न थालेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा नगरप्रहरी र व्यापारीबीच भनाभन भएको थियो ।
सोही क्रममा प्रहरीले बल प्रयोग गरी आचार्यलाई नियन्त्रणमा लिएर गाडीमा जबर्जस्ती हालेको हो । स्थानीय व्यापारी बण्ठी गुप्ताले चाडबाडको बेला नगर प्रहरीले दुःख दिइरहेको बताए । ‘हामीले कपडा माथि झुन्ड्याएका थियौं । फुटपाथ माथिको सामान हटाएका पनि छौं,’ गुप्ताले भने, ‘तर, नगर प्रहरीले नम्बरी जग्गामा बनेको घरको छतमा झुण्ड्याएको कपडा पनि हटाउ भन्छ, पटकपटक गनगन गरिरहेको छ । अरुबेला आएको छैन यो दशैं, चाडपर्व भएपछि मात्रै आउने हो ।’
उनले नगरपालिकाको कुनै सिस्टम नै नभएको बताए । ‘चाडपर्वको बेला छ, यो बेलामा जबर्जस्ती गर्नु त हुँदैन नि,’ उनले भने, ‘कपडा उतार्दै गाडीमा राख्न थालेपछि विवाद बढ्यो ।’ अर्का व्यापारी अर्जुन साहले फुटपाथ बाहेकका स्थानमा राखेको कपडा पनि प्रहरीले उठाउँदै हिंड्न थालेपछि आफूहरुले विरोध गरेको बताए । ‘लिगल ठाउँमा राखेको कपडाहरू निकाल्दै गाडीमा हालेपछि हामीले विरोध गरेका हौं । अतिचार भएको छ । धकेलाधकेल भयो । हानाहान पनि भयो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण