जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी निर्वाचनका लागि जुम्लामा ६८ हजार ६ सय ३८ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।
जसमा ३५ हजार सात सय पुरुष मतदाता र ३२ हजार नौ सय ३८ महिला मतदाताले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । विसं २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लामा चारवटा मतदानस्थल र चारवटा मतदान केन्द्र थपिएको छ । जिल्लाभर ८३ वटा मतदान स्थल र एक सय ६ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिए । जुम्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । यसअघि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ७९ वटा मतदान स्थल र एक सय दुई मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदाताको सङ्ख्या ६७ हजार सात सय ४४ रहेका थिए ।
निर्वाचन आयोगले प्रकाशित गरेको विवरणअनुसार कर्णाली प्रदेशभर १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र सङ्ख्या रहेको छ । जसमा प्रदेशको कूल जम्मा मतदाता सङ्ख्या १० लाख आठ हजार चार सय तीन रहेको छ भने पुरुषको मतदाता सङ्ख्या पाँच लाख १० हजार चार सय २० र महिलाको मतदाता सङ्ख्या चार लाख ९७ हजार नौ सय ८० जना रहेको निर्वाचन आयोगले जनाएको छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लामा १० हजार आठ सय ९१ मतदानस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र सङ्ख्या कायम गरिएको केन्द्रीय निर्वाचन कार्यालयले प्रकाशित गरिएको विवरणमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण