काठमाडौं उपत्यकामा कपाल काटेको शुल्क ५० रुपैयाँ बढ्यो
मङ्गलबार, ०४ असोज २०७९, ०८ : ४०
नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ । संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । यसअघि १५० रुपैयाँ रहेकोमा ५० रुपैयाँ शुल्क बढाइएको हो ।
नयाँ शुल्क अनुसार दाह्री काटेको १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ ।
यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि लाग्ने भएको छ । फेसवासको ४०० रुपैयाँदेखि ६०० रुपैयाँ पर्न जान्छ भने कपाल कालो कलर गरेको ५०० देखि ६५० रुपैयाँ र थ्रेडिङ्ग गरेको १२० रुपैयाँबाट सुरु भएर १५० रुपैयाँसम्म लिइने मूल्यसूचीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण