आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा कपाल काटेको शुल्क ५० रुपैयाँ बढ्यो

मङ्गलबार, ०४ असोज २०७९, ०८ : ४०
मङ्गलबार, ०४ असोज २०७९

नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ ।  संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । यसअघि १५० रुपैयाँ रहेकोमा ५०  रुपैयाँ शुल्क बढाइएको हो । 

नयाँ शुल्क अनुसार दाह्री काटेको  १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ ।

यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि लाग्ने भएको छ । फेसवासको ४०० रुपैयाँदेखि ६०० रुपैयाँ पर्न जान्छ भने कपाल कालो कलर गरेको ५०० देखि ६५० रुपैयाँ र थ्रेडिङ्ग गरेको १२० रुपैयाँबाट सुरु भएर १५० रुपैयाँसम्म लिइने मूल्यसूचीमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप