जुम्लामा सुपथ मूल्य पसल सञ्चालन
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । दसैंका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए ।
नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने छ । उनले भने, “आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रकारको दालमा छुट दिएका छौँ ।”
प्रमुख विष्टका अनुसार सहुलियत पसल सञ्चालनका लागि एक हजार दुई सय क्विन्टल चामल स्वीकृत भएको छ । बासमती चामल, अरुवा मोटो चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल र मकवानपुर चामल तथा मासको दाल, अरहरको दाल र मुसुरोको दालमा छुट दिइएको छ ।
नजिकिँदै गरेको दसैँमा जुम्लामा खाद्यान्न अभाव नहुने भएको छ । चालु आवमा जुम्लाका लागि छ हजार क्विन्टल चामल स्वीकृत भएको छ । हालसम्म एक हजार २० क्विन्टल चामल ढुवानी भइसकेको विष्टले जानकारी दिए । दसैँ तिहारका लागि मात्रै नौ सय ७० क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण