रुकुम पूर्व दुर्घटनाका घाइतेको उद्दार गर्न सैनिक हेलिकप्टर परिचालन
बिहीबार, ०६ असोज २०७९, १७ : ४०
रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनाका घाइतेलाई उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन गरिएको छ । बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको हेलिकप्टर परिचालन गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पठाइएको सह–सचिव पोखरेलले जानकारी दिए । काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ स्थित क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ घाइते छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण