अमिनीको मृत्युपछि इरानमा प्रदर्शन चर्किँदै, सरकारद्वारा इन्टरनेट अवरुद्ध
इरानले तेहरान र कुर्दिस्तान क्षेत्रका कयौं भागमा इन्टरनेट पहुँच कटौती गरेको छ । इन्स्टाग्राम र ह्वाट्स एपमा प्रदर्शनका फोटो तथा भिडियो देखेर युवाहरु थप भड्किने डरमा सरकारले उक्त कदम चालेको आशंका छ । सेप्टेम्बर १६ मा २२ वर्षीया कुर्द युवती महसा अमिनीको मृत्युपछि देशको धार्मिक प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन सुरु भएको छ ।
बिहीबार प्रदर्शनकारीले केही स्थानमा प्रहरी स्टेसन र सवारी साधन जलाइदिएका थिए । शासन विरोधी प्रदर्शनका क्रममा महिलाहरुले तिनको हिजाब जलाइरहेका छन् । हिजाब जलाएका भिडियोहरू अनलाइनमा भाइरल भएका छन् ।
कयौं महिलाहरुले महसा अमिनीको सम्झनामा तिनको कपाल काटेका भिडियो पनि पोष्ट गरिरहेका छन् । महसा अमिनी सेप्टेम्बर १६ मा गलत तरिकाले हिजाब लगाएको आरोपमा पक्राउ परेकी थिइन् । अभियन्ताहरुले महसालाई हिरासतमा टाउकोमा गम्भीर रुपमा हानिएको र त्यही कारण उनको ज्यान गएको आरोप लगाएका छन् ।
तर अधिकारीले भने यी आरोप खण्डन गर्दै अनुसन्धानको माग गरेका छन् । प्रहरीले भने महसालाई हिरासतमै हृदयाघात भएको र त्यही कारण मृत्यु भएको बताएको छ । इरानी सरकारी मिडियाले बुधबार देशभरका १५ सहरमा प्रदर्शन फैलिएको बताएको छ ।
प्रहरीले प्रदर्शनलाई निस्तेज बनाउन पक्राउ तीव्र बनाएको छ । साथै धेरै स्थानमा भीडमाथि अश्रु ग्यास प्रयोग भएको छ । बिहिबार इरानको शक्तिशाली रिभोलुस्नरी गार्ड गोर्पले एक विज्ञप्ति जारी गर्दै न्यायालयलाई झुटो समाचार र हल्ला फैलाउनेहरूमाथि कठोर कारबाही गर्न माग ग¥यो ।
इरानमा हाल भैरहेको प्रदर्शन सन् २०१९ नोभेम्बरको प्रदर्शनपछि ठूलो मानिएको छ । पछिल्लो प्रदर्शनमा महिला र पुरुष सँगसँगै देखिएका छन् । भिडियोहरुमा महिलाहरु हिजाब जलाइरहेका छन् भने पुरुषहरु प्रहरीसँग भिडिरहेको देखिन्छ ।
यसअघिको सन् २०१९ को प्रदर्शनमा पनि सरकारले लामो समय इन्टरनेट सेवा अवरुद्ध पारेको थियो । एम्नेष्टी इन्टरनेसनलले इरानमा भएका प्रदर्शनमा हालसम्म आठ जनाको मृत्युको सूचना आफूकहाँ आएको बताएको छ । तीमध्ये चार जनालाई सुरक्षाकर्मीले नजिकबाट गोली हानेको संस्थाले आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण