नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् ।
चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले सहज रुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’
राजनीतिक दलहरु विशेषगरी युवाहरु राजनीतिक स्वार्थको गोटी बन्नु नहुने उनको भनाइ छ । उनले सरकार र दलहरूको मर्यादाहीन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताए ।
संविधान पतन हुनबाट जोगाउन दलहरूको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत अभिव्यक्ति दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण