बूढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै
दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।
गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वाजले गौशालाले गाईको संरक्षणमात्र होइन, जिल्लाभित्रका गरिब, असहायलाई दूध खाने उन्नत जातको गाई दिनसमेत थालेको बताए।
हल्दिबारी गाउँपालिका बस्नुहुने आफ्नै माता लक्ष्मीदेवी सुवेदी र छिमेकी माताले दिएका दुईवटा बूढी गाईबाट सुरु गरेको गौशालामा हाल छ सय ५० वटा गाई रहेको उनले जानकारी दिए। “गौशाला त सुरु गरियो गाई भएनन्”, भारद्वाजले भने, “गाउँ बस्ती, टोल, सामुदायिक सङ्घसंस्थालगायतका स्थानमा पुगेर गाईलाई त्यसै मर्न लिनुहुन्न । बूढो, रोगी छ भने हामीलाई दिनुस्, नबेच्नुस् भन्दै प्रचार गरियो । अहिले गाउँबासीले आफैँ ल्याइदिनुहुन्छ ।”
विसं २०७५ पछि मात्र गाई खोज्न जानु नपरेको र भक्तहरूले आफैँ ल्याइदिने गरेको भारद्वाजले बताए । हिजो बूढो गाई खोज्दै गाउँ बस्ने महाराज आज गरिब, दुःखी लाई दूध खाने उन्नत जातको गाई दिन थालेकाले खुसी व्यक्त गर्छन् । उनले गौशालामा भएका गाईबाट भारतबाट उन्नत जातको बीउ गोरु ल्याएर उन्नत जातकै बाछी, बहरहरू उत्पादन गरेको बताए ।
हालसम्ममा ७५ उन्नत जातका बीउ गोरु र एक हजार छ सय दूध खाने गाई समुदायलाई हस्तान्तरण गरिएको छ । “कुनै किसानले बूढो गाई हामीलाई दिए भने आवश्यकता हेरेर हामी लैनो गाई दिएर पठाउँछौँ”, उनले भने, “गरिब, दुःखीलाई भने सम्बन्धित पालिकाले गरेको सिफारिसका आधारमा दिन्छौँ ।” भारद्वाजले गोठमा दैनिकजसो १५ देखि २० दुहुनू गाई हुने गरेको बताए ।
गाईको दूधबाट गौशाला समितिले हाल घिउ, पन्चकव्यसमेत बनाउँदै आएको छ । दैनिक जङ्गल चरनमा रहेर आएका गाईको दूधबाट बनेको घिउ राम्रो हुने हुँदा धाममा आउने भक्तजनले नै प्रतिकिलो रु एक हजार तीन सयमा खरिद गरेर लैजाने गरेका छन् । जङ्गलभित्र रहेको गौशालाका गाई भने बिहान छ बजेदेखि नै चर्न जाने गरेको भारद्वाज बताउछन् । चरनमा गएका गाई अपराह्न ४ बजेदेखि राति ८ बजेसम्ममा गोठमा आइसक्छन् । गाईको हेरचाहका लागि हाल २० गौसंरक्षक छन् । उनीहरु दैनिकजसो गाईको स्याहारमा खट्ने, गाईको गोबरबाट गँड्यौले मल, गोकाष्ठा बनाउनेलगायत काममा खटिन्छन् । यहाँ उत्पादित मल र गोकाष्ठा समेत बिक्री गरेर गौशालाका गाईलाई दाना, साइलेजलगायत वस्तु किनेर खुवाउने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण