साउदीको मध्यस्थतामा रुस र युक्रेनबीच सहमति
साउदी अरबको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टमा रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र राष्ट्रपति पुटिनले सम्झौताप्रति सन्तुष्टि व्यक्त गरेको बताएको हो ।
क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'बिहीबार अबेर राति भएको यस फोन वार्तामा दुवै नेताले युद्धबन्दी बनाइएका विदेशी नागरिकलाई साउदी अरेबियामा हस्तान्तरण गर्ने कार्यमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । साउदी युवराजको निजी मध्यस्थताका कारण यो सम्झौता सम्भव भएको हो।'
युद्धबन्दी आदानप्रदान सम्झौताको एक भागको रूपमा युक्रेनलाई मारिउपोलमा अजोभस्टल स्टिलवर्क प्लान्टको रक्षा गर्दा रुसविरुद्ध लडेका सैनिकहरूसहित २१५ युद्धबन्दीहरूलाई हस्तान्तरण गरेको छ। यी युद्धबन्दीमा बेलायत, अमेरिकीसहित १० विदेशी नागरिक पनि छन् । यी मानिसहरूलाई साउदी अरबको जिम्मा लगाइएको छ।
बदलामा युक्रेनी पूर्व सांसद भिक्टर मेदवेदचुकसहित ५५ कैदीलाई रुसलाई सुम्पिएको छ । भिक्टर मेदवेदचुक पुटिनको नजिक मानिन्छन् र युक्रेनमा उनीमाथि देशद्रोहको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण