मोरङ क्षेत्र नम्बर ४ कांग्रेसले पाउनु पर्छ : आचार्य
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्यले सत्तारुढ गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ४ कांग्रेसले पाउनु पर्नेमा जोड दिएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै आचार्यले एमालेसँग प्रतिस्पर्धा गर्न माओवादी केन्द्रलाई भन्दा कांग्रेसलाई सहज हुने दाबी गरे ।
उक्त क्षेत्रबाट यसअघिको निर्वाचनमा माओवादीका उम्मेदवार अमनलाल मोदीले विजय प्राप्त गरेका थिए । माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ मोरङको क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर ५ आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएको छ । आचार्यले क्षेत्र कसले पाउँछ भन्ने विषय भोलिसम्ममा टुङ्गो लागिसक्ने बताए । ‘भोलिसम्ममा क्षेत्र कसले पाउँछ भन्ने टुङ्गो लाग्छ होला’, उनले भने, ‘हामीले यो क्षेत्रमा लामो समयदेखि काम गरेको हुँदा कांग्रेसले नै पाउनु पर्छ भन्ने हाम्रो कुरा हो । किनभने सांगठनिक हिसावले र जनमतको हिसावले कांग्रेसले मात्रै प्रतिस्पर्धा गर्ने र जित्न सक्ने सम्भावना हुन्छ ।’
२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट माओवादीका उम्मेदवारले जिते पनि क्षेत्रमा माओवादीको समानुपातिक मत ७ हजार ७३५ मात्रै रहेको आचार्यको दाबी छ । ‘अहिलेको स्थानीय चुनावमा उहाँहरुको वडाध्यक्षले पाएको मत ९ हजार ९ सयको हाराहारीमा छ । यो मतले झण्डै तीन गुणा बढी भएको एमालेसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ,’ उनले भने, ‘कांग्रेसलाई नै जित निकाल्न सहज हुन्छ भन्ने लाग्छ ।’ गठबन्धनबाट सिट बाँडफाँटको टुङ्गो लागेपछि पार्टीभित्र छलफल गरेर उम्मेदवारको टुङ्गो लगाउने आचार्यको भनाइ छ ।
अघिल्लो निर्वाचनमा जितेको कारण एउटा आधारले माओवादीले मोरङ क्षेत्र नम्बर ४ मा गठबन्धनबाट दाबी गरे पनि समानुपातिकमा सोही क्षेत्रमा पाएको मतको अवस्था पनि हेर्नुपर्नेमा आचार्यले जोड दिए । ‘त्यो हेर्दा कांग्रेसको ३० हजारभन्दा बढी मत छ । माओवादीको कम छ । त्यसो हुँदा हामीले पाउनु पर्छ भन्ने हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण