चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु
चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरसफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एबम् चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।
गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडकसँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ । कतिपय ठाउँमा जेसीभी पठाए र कतिपय ठाउँमा गाउँ प्रहरी परिचालन गरेर सडक मर्मत भइरहेको छ ।
स्वयं गाउँपालिका अध्यक्ष राई पनि सडक मर्मतमा खटिने गरेका छन् । ‘चाडवाड नजिकिएसँगै शहरबाट गाउँ फर्कने क्रम बाक्लिै गएको छ । पालिकाबासी आफ्नो घरसम्म सहज रुपमा यात्रा गर्न सकुन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘दुःख बिमार भएको बेला सहज रुपमा एम्बुलेन्सको आजत–जावत होस् भन्ने लक्ष्यका साथ सडक मर्मत सुरु गरिएको हो ।’
गाउँपालिकामा वर्षाको भलपानी र पहिरोका कारण सबै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी एम्बुलेन्स सञ्चालनमा कठिनाइ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण