प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त
प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठका ठाउँमा परिवर्तन राईलाई नियुक्त गरेको छ । राईको सपथग्रहण कार्यक्रम भोलि (आइतबार)का लागि राखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो ।
श्रेष्ठको ठाउँमा खोटाङका अधिवक्ता परिवर्तन राईलाई नियुक्त गरिएको र आइतबार सपथग्रहण कार्यक्रम राखिएको बताइएको छ । राई प्रदेश १ सरकारले नियुक्ति गरेका मुख्य न्यायाधिवक्ताको तेस्रो नम्बरमा परेका छन् । दोस्रो नम्बरमा श्रेष्ठ थिए भने प्रथम मुख्य न्यायाधिवक्तामा तत्कालीन शेरधन राई नेतृत्वको सरकारले २०७४ चैतमा अधिवक्ता चुडामणि आचार्यलाई नियुक्त गरेको थियो ।
आफैंले नियुक्त गरेका श्रेष्ठलाई राजीनामा गराएर राईलाई नियुक्ति गर्नुको कारण भने खुलेको छैन । यद्यपि श्रेष्ठ नियुक्त हुने बेलामा राई र श्रेष्ठबीच दुवै जनालाई आधा–आधा कार्यकाल गर्ने सहमति भएको बताइएको छ । सोहीअनुसार श्रेष्ठले राजीनामा दिएर राईलाई ल्याइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण